धनगढी। धनगढी वडा नम्बर १ बाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार धनगढीमा आइतबार धनगढी–१ पशुपती टोलबाट ५ सय रुपैयाँ दरका ९ थान नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ पर्नेमा भारत पलिया बस्ने ३६ वर्षीय कमलेश गुप्ता रहेको जनाएको छ । पशुपति टोलस्थित जय श्री चण्डिका ट्रेडस एण्ड सप्लायर्समा रक्सी खरिद गर्न भनि आएका उनले उक्त नक्कली नेपाली नोट ल्याएको भन्ने जानकारीका आधारमा कैलाली प्रहरीले उनलाई पक्राउ गरेको हो ।