धनगढी। धनगढीमा भारतबाट भन्सार छलि ल्याइएको ६ लाखको सामान बरामद गरिएको छ । कैलालीको धनगढीमा भारतबाट भन्सार छलि ल्याईरहेको छ लाख बराबारको सामग्री सशस्त्र प्रहरीले बरामद गरेको हो । शनिबार बिहान सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीबाट खटिएको गस्ति टोलीले धनगढी ९ बंगराकटानबाट उक्त सामग्री बरामद गरेको जनाएको छ ।
भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ छ लाख दुई हजार दुई सय ६० बरावरको कपडा, मोटर पार्टस, हार्डवयर र अटो बरामद गरी कारवाहीको लागी कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक धिरेन्द्र शाहले जानकारी दिए ।