कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिकाले छाडा पशु छोड्नेलाई कारबाही गर्ने भएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले केही दिनयता गाउँबस्तीबाट चौपाया ल्याएर सडक र सार्वजनिक स्थानमा छोड्ने गरिएको र यसले समस्या उत्पन्न भएको उल्लेख गरेका छन् ।
छाडा चौपायाका कारणले सडक दुर्घटना, कृषकको अन्नबालीमा क्षति भएको र नगरको सौन्दर्यतामा ह्रास आएकाले छाडा नछोड्न सूचनामा भनिएको छ ।केही दिन अघि खाल्डोमा गाडिएको अवस्थामा केही गाई फेला परेपछि यसको विरोध भइरहेको छ । स्थानीयहरूले भने छाडा गाईगोरु व्यवस्थापनको माग राख्दै पनि नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन र चौपाया ल्याएर छोड्ने गरिरहेका छन् ।