धनगढी। धनगढीको निर्सग हस्पीटल एण्ड रिसर्च सेन्टर प्रालीले फिजियोथेरापी सेवा सुरु गरेको छ। अस्पतालले शुक्रबार एक कार्यक्रमकाबीच उक्त बिभागबाट फिजियोथेरापी सेवा सुरु गरेको जनाएको हो । हस्पीटलका अध्यक्ष तिर्थराज पन्तले उद्घाटन गरेका हुन्।सुदूरपश्चिममै पहिलो पटक हस्पीटलहरु मध्ये निर्सगले उक्त सेवा अत्याधुनिक रुपमा सुरु गरेको अध्यक्ष पन्तले बताए।
सुदुरपश्चिमै सबै स्वास्थ्य उपचार सेवा दिइरहेको अवस्थामा फिजियोथेरापी सेवा सुरु भएको जानकारी दिएका छन् । उनले हाडजोर्नी तथा नसा रोगको उपचार नपाएर सुदुरपश्चिम बाहिर तथा देश बाहिर जानुपर्ने अबस्था रहेको बताउँदै निजी अस्पतालबाट यो सेवा प्रदान गरिएको जानकारी दिए । अत्याधुनिक मेसिन तथा उपकरण सहित बिरामीलाई उपचार गरिने बताएका छन्। हाडजोर्नी तथा नसा रोगको उपचार, नसा च्यापिएको, प्यारालाइसिस, गर्दन दुखेको, हातखुट्टा दुखेको, ढाडको पुरानो तथा नयाँ दुखाईको उपचार सुरु गरिएको डाक्टर नबिन ढुङगानाले बताए।
उनका अनुसार हस्पीटलमा न्युरोलोजिकल समस्या, बालबालिकामा देखा पर्ने अटिजम, डाउनसिन्डम, मांसपेसीको कमजोरी आदिको पनि उपचार गरीने भएको छ। हस्पीटलमा मेडिकल डाइरेक्टर मेराज अलाम अन्सारीले फिजियोथेरापी सेवा संञ्चालनमा आएपछि सुदूरपश्चिममै हाडजोर्नी सम्बन्धी सम्पूर्ण उपचार संम्भव हुने बताए। उनले धनगढीमा रहेका अन्य अस्पतालभन्दा सबैभन्दा उत्कृष्ट उपचार र उपकरण निसर्ग अस्पतालमै रहेको बताएका छन् । बिरामीले फिजियोथेरापी सेवाबाट राम्रो उपचारकासाथै स्वास्थ्य लाभ पाउने उनले बिश्वास ब्यक्त गरेका छन्।