बाजुरा। बाजुराका विद्यार्थी नेता चेतन दिप अयडीको हत्या आरोपमा थप १ जना धनगढीबाट पक्राउ परेका छन्। बाजुराको त्रिवेणी नगरपालिका ७ मालाकोट बस्ने ३२ वर्षीय चेतन दिप अयडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा थप १ जनालाई धनगढीबाट प्रहरीले पक्राउ परेका छन्।
तर उनको नाम खुलाइएको छैन् । बाजुरा प्रहरीका अनुसार थप एक सहित सो घटनाको आरोपमा पक्राउ पर्नेको संख्या ६ पुगेको जनाएको छ। चेतनका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी गरेका छन । गत मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा काँग्रेस कार्यक्रताबाट कुटपिट भइ गम्भीर घाइते भएका ऐडीको उपचारको क्रममा बयलपाटा अस्पताल लिने क्रममा बाटोमा मृत्यु भएको थियो।