कैलाली। कैलालीको गोदावरी नगरपालीकामा संरचना हटाउने मापदण्ड फरक रहेको भन्दै स्थानियले बिरोध ब्यक्त गरेका छन्। यसअघी सडक डिभिजन कार्यालयले हटाएको संरचना र हाल नगरपालिकाले हटाइरहेको संरचना मापदण्ड फरक रहेको भन्दै स्थानियहरुले असन्तुष्ट ब्यक्त गरेका हुन्।
हाल संरचना हटाइरहेको गोदावरी नगरपालिकाले स्थानियलाई आँफै हटाउन पटक पटक सुचना मार्फत अनुरोध गरेको थियो।सडकको बिच भागबाट २५ मिटर दाँया र बाँयाका संरचना हटाईने नगरपालिकाले जनाएको हो। तर सडक डिभिजन कार्यालय र नगरपालिकाले हटाउने मापदण्ड फरक रहेको भन्दै स्थानियहरुले असन्तुष्ट ब्यक्त गरेका छन। नगरपालिकाले सडकपेटिमा बनेका संरचना हटाउने अभियान जारी रहँदा धनगढी-भिमदत्त राजमार्ग जोड्ने सडकका झण्डै ३८ घरधनीले निष्पक्ष नाप जाँच गरिपाउँ भनेर निबेदन दिएका छन।
बिगतमा सडकले हटाइसकेका केही संरचनामा पुन नगरपालिकाले सडकमा बनेका छज्जाहरु हटाउने थालेको छ। गोदावरी नगरपालिकाका प्रबक्ता गोपालदत्त भट्टले नापजाँच गर्ने काम नगरपालिकाका जनप्रतिनिधीको नभएर सरकारी नियम अनुसार कर्मचारीले गर्ने बताए। सो बिषयका बारेमा स्थानियले सोधेको र केही ठाउँमा समस्या आएको उनले बताए। दुई सरकारी निकाय बिच नापजाँचको फरकको बारेमा अध्ययन गरिने उनले जानकारी दिए । छलफलका लागी नगरपालिकाका अमिन र सडक डिभिजनका इन्जिनियरलाई बोलाइएको बताएका छन्।