डडेलधुरा। नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले आफुलाई नै मुख्यमन्त्री बनाउने पूर्ण रुपमा विश्वस्त भएको भट्टले बताएका छन् । डडेलधुरा प्रदेश निर्वाचन क्षेत्र १ बाट निर्वाचित भट्टले सोमबार पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री बनाउने पूर्ण रुपमा विश्वस्त रहेको र समझदारीअनुसार आफूले प्रदेशमा चुनाव लडेको बताए। गठबन्धनमा पनी आफूलाई मुख्यमन्त्री बनाउने सहमति भएको उनको भनाई छ ।
गठबन्धनमा आबद्ध दलहरूबीच मलाई मुख्यमन्त्री बनाउने एक किसिमको समझदारी भएको उनले बताए। तर त्यो लिखित नभएपनी शीर्ष नेताहरूले समझदारी कार्यान्वयन गर्नेमा आफु पूर्ण रुपमा विश्वस्त भएको भट्टले दाबी गरे । निर्वाचनपछि सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि समझदारी भएको भट्टको भनाइ छ ।
उनले सुदूरपश्चिमलाई सुन्दर पश्चिम बनाउने आफ्नो योजना रहेको पनि बताए । कृषिलाई गरिबी निवारणको हतियारको रूपमा प्रयोग गर्न आवश्यक रहेको उनले बताए । यसपटकको निर्वाचनमा कुनै पनि ठुला दलका लागि सुखद नतिजा नआएको र कसैले नसोचेको जस्तो परिणाम आएको उनले बताए । उनले २०५१ देखि ०५६ सालको जस्तो अस्थिरतातर्फ देश जाने चिन्ता रहेको बताए । यस्तै भट्टले अहिलेको गठबन्धनको निरन्तरता नै उपयुक्त रहेको बताएका छन् ।