बैतडी। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान भरतराम कोली अझै फरार छन्।पीडित परिवारले किटानी जाहेरी दिएका शिवनाथ गाउँपालिका–४ सोलपलाका भरतराम कोली अझै पक्राउ परेका छैनन् । उनी घटना भएदेखी प्रहरीको फरार सूचिमा रहेको र उनको प्रहरीले निरन्तर खोजी गरिरहेको छ।
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ घर भएकी २१ वर्षकी माया लुहारको मंगलवार घाँटी रेटेर हत्या गरीएको थियो । उनको मृतु आरोपित भनिएका सशस्त्र प्रहरी जवान भरतराम कोली वेपत्ता छन । प्रहरीले उनको खोजि रहेको छ ।
घटना पछि अनुसन्धानमा जुटेको प्रहरीले आरोपीत भरतराम कोलीको खोजीका लागि ठुलो संख्यामा सुरक्षाकर्मी खटाएको छ । कोलीले प्रयोग गर्दै आएको मोबाइलको प्रहरीले ‘लोकेसन ट्रेस’ समेत गरेको छ । मोबाइल ‘स्विच अफ’ गर्नुपूर्व कोलीको लोकेसन डडेल्धुरा जिल्ला आसपासको क्षेत्र देखाएको प्रहरी स्रोतले बताएको छ ।
‘उनले प्रयोग गर्दै आएको मोबाइल अफ छ,’ प्रहरी स्रोतले भन्यो, ‘अन्तिम लोकेसन डडेल्धुरा देखिएकाले सो क्षेत्रमा सूक्ष्म निगरानी गरिरहेका छौं ।जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रेमबहादुर शाहीले महाकाली किनारका डिम्बरघाट, हल्दुविनायक घाटलगायत नाका बन्द गरिएको बताए । पञ्चेश्वर गाउँपालिका–४ की माया र उनकी भदै नेहा मंगलबार बिहान लुगा सिलाउन कुलाउ गएका थिए । त्यसपछि बेपत्ता उनीहरुको खोजी गर्दा अर्को दिन मायाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । नेहा घाइते अवस्थामा भेटिएकी थिइन्। मंगलबार साँझ हत्या गरिए पनि बुधबार दिउसो १ बजेपछि मात्र घटना सार्वजनिक भएको हो ।
उनले टिकटकमा ‘मैले मायाको हत्या गरेको होइन’ शीर्षकमा सन्देश लेख्दै अपराध अस्वीकार गरेका थिए । टिकटकमा लामो सन्देश पोष्ट गरेका कोलीले केही समयमै उक्त पोष्ट नै हटाईका थिए । जिल्लामा उपकरण नहुनाले केन्द्रसँग समन्वय गरेर प्रावधिक पाटोबाट पनि आरोपीको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतक माया र आफू ६/७ महिना देखि प्रेममा रहेको उनले टिकटकका सन्देशबाट खुलाएका छन्।
कोली पोखरास्थित सशस्त्र प्रहरी बलमा कार्यरत थिए । मृतक माया मंसिर ४ मा सम्पन्न चुनावमा म्यादी प्रहरीमा भर्ना भएकी थिईन । मायाले नै बोलाएर कोली चुनाव लगत्तै घर फर्केको अनुमान गरिएको छ ।
मायाको अन्यसँग पनि प्रेम सम्बन्ध रहेको शंका कोलीले गरेको देखिन्छ । कोलीले घटनाको केही दिन अघि मायाको मोबाइल खोसेका थिए । मायाकै फेसबुक म्यासेन्जरबाट उनका साथीहरुसँग कोलीले च्याट गर्ने गरेको खुलेको छ । अन्यसँग पनि सम्बन्ध रहेको शंकापछि योजनावद्ध ढंगले नै हत्या गरेको प्रहरीको अनुमान छ । घटनामा घाइते भएकी नेहाले प्रहरीसँगको बयानमा कोलीकै नाम किटान गरेकी हुन् ।
बैतडी माया हत्याका आरोपित कोलीको टिकटक: मैले मायाको हत्या गरेको होइन