बैतडी। बैतडीका सांसदहरुले हत्या गरिएकी पञ्चेश्वर ४ फ्याउलीकी २१ वर्षिया मृतक माया लुहारको परिवारलाइ भेटेका छन्। शनिबार बैतडीका संघीय सांसद दामोदर भण्डारी, प्रदेश सांसद सुरेन्द्र बहादुर पाल र पूर्व प्रदेश सांसद लिलाधर भट्टले घाँटी रेटी हत्या गरिएकी मायाको परिवारलाइ भेटेका हुन्। उनीहरुले पीडित परिवारलाइ दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायलाइ दबाव दिने बताएका छन्।
सांसदहरुले उपचारकालागि सहयोग गरेका छन्। मृतक मायाका दाजु टिन्कु लुहारलाई २५ हजार ५ सय सहयोग रकम हस्तान्तरण गर्दै आफुहरु न्यायको पक्षमा रहेकाले दोषीलाई सजाय र मायालाइ न्याय दिलाउन पहल गर्ने बताएका छन्। यसअघि प्रदेश सभा २ का सांसद शिवराज भट्टले पीडित परिवारलाई भेटेका थिए। दोषीलाई सजाय र पीडितलाई न्याय दिनका लागि आफूले पनी पहल गर्ने उनले बताएका थिए।