बाजुरा। बाुराको हिमाली गाउँपालिका ६ मा मुचुल्का गरिएको भन्दा ४० भोट बढी भेटिँदा एमालेले बिरोध गरेको छ । सो गाउँपालिका ६ मा क र ख गरि कुल मतदाता १७२६ मतदाता रहेकोमा मुचुल्कामा १४५० मत खसेको उल्लेख गरिएको छ। गणना स्थलमा भने ४० भोट भेटिएको छ। हिमाली गाउँपालिका नेपाली काँग्रेसका उम्मेदवार बद्री पाण्डेको गृह पालिका हो। सोही क्रममा नेकपा एमालेले बिरोध गरेको छ ।
यसको समाधान नभए सम्म नेकपा एमालेले मतगणना अगाडी नबढाउने भन्दै पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। नेकपा एमालेले १६ बुथ कब्जा गरिएका भनिएका मध्ये हिमाली ६ पनि हो। जहाँ उम्मेदवार पाण्डे नेतृत्वको टोली आएर बुथ कब्जा गरिएको र मतदान गर्ने समय सकिएपछि कोठामा लिएर ६ सय बढी मत खसाइएको आरोप नेकपा एमालेले लगाउँदै आएको छ। मतदान अधिकृत लगायतका कर्मचारी, सुरक्षा निकाय सबैलाई प्रभावमा राखेर एकलौटी कब्जा शैलीमा मतदान गरेपछि शिलबन्दी गर्दा संख्या एकीन नभएको हुन सक्ने आरोप एमालेको छ।
बद्मासी गरिएको कुरा प्रष्ट खुलिसकेकोले मतगणना छानवीन पछि मात्रै सुरु गरिनु पर्ने नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले बताएका छन् । अहिले प्रतिनिधी सभाको मतगणना स्थगीत छ । हालसम्म बडीमालिका १ को क बुथ बाहेक सबै वडाको मतगणना भइसकेको छ। भने हिमाली गाउँपालिका ५ र ७ बाहेकको मत गणना गरिएको छ। ती मध्ये हिमाली ६ को मत गणनाका विवाद देखिएको छ । अहिलेसम्मको मतगणनामा काँग्रेसका बद्री पाण्डेले ५३९९ मत र कर्ण बहादुर थापाले ४१३० मत ल्याएका छन्। १२६९ मतको मतान्तर छ ।