बाजुरा। बाजुरा निर्वाचनको अन्तीम मतपरिणाम नआउदा सम्म सदरमुकाम मार्तडीमा मदिरा बिक्रि वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले मत परिमाण सार्वजनिक नभएसम्मका लागी मदिरा ओसार पोसार, बिक्री वितरण तथा सेवनमा रोक लगाईएको जनाएको छ।बाजुरा प्रशासनले आज एक सुचना जारी गर्दै मतपरिमाण नआएसम्मका लागी मदिरा निषेध गरेको प्रमख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताएका छन।
सदरमुकाम मार्तडीको बडिमालिका नगरपालिका ८ र ९ क्षेत्रमा पर्ने मार्तडी बजार र आसपासका क्षेत्रमा मदिरा निषेध गरिएको छ उनले भने । मदिरा बिक्रि बितरण कार्य गरेको पाईएमा प्रचलित कानुन बमोजिम कार्वाही गर्ने उनले बताए । जिल्लामा आजबाट प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्य निर्वाचनको मत गणना सुरु गरिएको छ। जिल्लाको मतगणना दिउसो साढे ३ बजेबाट गर्ने निर्णय भएको भएपनि साढे २ घण्टा ढिलो गरी मतगणना सुरु भएको हो।