बाजुरा। बाजुराको त्रिबेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको हत्या आरोपमा एक जना वडाअध्यक्ष प्रक्राउ परेका छन् । चेतनका आफन्तले हत्यामा संलग्न भएको भन्दै एक जना वडा अध्यक्ष सहित २२ जना बिरुद्ध किटानी जाहेरी गरेको छ। हत्यामा संलग्नको आरोपमा त्रिबेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडिलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख सुर्य थापाले बताए ।
उनले चेतन मृत्यु प्ररकरणमा किटानी जाहेरी भएपछि वडा अध्यक्षलाई प्रक्राउ गरेको र उनीमाथी अनुसन्धान भइरहेको वताए । यसअघि वडा अध्यक्ष जुद्ध नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट आरोपमा १ महिना पहिला जिल्ला अदालत बाजुराबाट १ लाख धरौटिमा छुटेका थिए। वडाअध्यक्ष सहित अन्य तिन जना विरुद्ध मुद्दा दर्ता भएपछि १ लाख धरौटिमा छुटेका थिए। त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारलाई कुटपिट गरिएको थियो।
वडा अध्यक्ष अयडी नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् ।चेतनको हत्यामा संलग्न भएको भन्दै प्रहरीले केहि प्रक्राउ गरिसकेको वताएको छ। किटानी जोहरी गरेकालाइ प्रक्राउ गर्ने काम भइरहेको बाजुरा प्रहरीले जनाएको छ । त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादमा दुइ जनाको मृत्यु भएको थियो । मतदानको दिनमा नेपाली काँग्रेसका कार्याकर्ताले बुद कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोलि लागेर स्थानिय काँग्रेस कार्यकर्ता वडा नम्बर ७ का सञ्जिब अयडिको मृत्यु भएको थियो । ४ गते साँझ त्रिवेणी ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको काँग्रेस कार्यकर्ताको कुटपिट बाट मृत्यु भएको थियो । मतदान केन्द्रमा भएको झडपमा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तनि जना घाइते भएका थिए ।