डडेल्धुरा। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्टले पार्टीले हासिल गरेको नतिजाबारे गम्भीर समीक्षा गर्ने बताएका छन्। डडेल्धुरा प्रदेश सभा १ बाट निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिइरहेका भट्टले पार्टिको नतिजा र जिल्लाबाट रिपोर्ट ल्याएर नतिजाका विषयमा बैठकमा गम्भीर छलफल हुने बताएका हुन्।
संचारकर्मीसँगको कुराकानीमा उनले प्रदेशसभामा राम्रै नतिजा ल्याएपनी प्रतिनिधिसभामा निराशाजनक नतिजा हात लागेको बताए। उनले भने,हामीले प्रदेशसभामा राम्रै नतिजा ल्याएका छौं। नराम्रो नतिजा भन्न मिल्दैन । प्रतिनिधिसभामा जुन निराशाजनक नतिजा हात लाग्यो। यसका विभिन्न फ्याक्टरहरु छन्’अहिलै सबै कुरा बाहिर भन्न मिल्दैन् उनले भने। प्रदेशको बैठकमा गम्भीर छलफल हने उनको भनाई छ।
कैलालीमा नागरिक उन्मुक्ति पार्टी र बैतडीमा कांग्रेसकै बागीले समस्या भएको भट्टले बताए। कञ्चनपुरका सन्दर्भमा पार्टीभित्र अन्तर्घात भयो कि गठबन्धन दलको भोट ट्रान्सफर भयो भनेर छलफल पछि थाहा हुने बताए। उनले सम्बन्धित क्षेत्रका उम्मेदवारसँग कुराकानी गर्ने रत्यसपछि मात्रै पार्टी पराजितका विषयमा तथ्यमा भन्न सकिने बताए। अहिले नै प्रतिनिधिसभामा सुदूरपश्चिम किन कमजोर भयो भन्न नसकिने भट्टले बताए। माओवादीले बैतडीबाट प्रतिनिधिसभामा नरेन्द्रबहादुर कुँवर, कञ्चनपुर १ बाट बीना मगर, कैलाली–२ बाट भगतबहादुर बडुवाल, कैलाली–३ बाट कृष्णकुमार चौधरी पराजित भएका छन् । २०७४ सालको चुनावमा भने तीनजना निर्वाचित भएका थिए। जसमा लेखराज भट्ट, बीना मगर र गौरीशंकर चौधरी थिए। भट्ट र चौधरी एमाले प्रवेश गरेका थिए भने मगर माओवादीमै थिइन्। प्रदेशसभामा भने माओवादीले ८ सिट जितिसकेको छ। बाजुराको मतगणना गन्न बाँकी रहेको छ।