काठमाडौं। सुदूरपश्चिम प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेमला सुदूरपश्चिमले प्रदेश–१ लाई दुई सय १३ रनले हरायो । जितका लागि दुई सय ६५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश–१, १६.३ ओभरमा सबै विकेटको क्षतिमा ५१ रनमा समेटिएको थियो। प्रदेश–१ का लागि भूपाल दंगालले मात्र १० रन बनाए।
अन्य ब्याट्सम्यानले दोहोरो सङ्ख्यामा रन बनाउन सक्नुभएन। प्रदेश–१ लाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त धामीको पाँच विकेट लिए। आकाश चन्दले तीन तथा मिलन बोहराले दुई विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेका निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ६४ रन बनाएको थियो। सुदूरपश्चिमका लागि कप्तान अनुराग सिंहले ८३ रन बनाए।
मिलन बोहराले ६४, दीपक बोहराले ३२, गजेन्द्र बोहराले २४, आकाश चन्दले २० र विशाल ऐरले १३ रन बनाए। बलिङमा प्रदेश–१ का अभिनय राजवंशीले चार विकेट लिए। आशिष मगर र दीपेश कँडेलले दुई दुई विकेट लिए। सुदूरपश्चिमका हेमन्त धामी म्यान अफ दि म्याच भए। जितसँगै चार खेलबाट आठ अङ्क बनाएको सुदूरपश्चिम शीर्षस्थानमा छ। सात प्रदेशको सहभागिता रहेको प्रतियोगितामा दोस्रो स्थानमा रहेको बागमतीले तीन खेलबाट अङ्क बनाएको छ। यसैगरी मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई चार विकेटले हरायो। गण्डकीले दिएको एक सय ६२ रनको विजयी लक्ष्य लुम्बिनीले ३९.२ ओभरका ६ विकेटको क्षतिमा पूरा गरेको थियो। जितसँगै तीन खेलबाट चार अंक बनाएको लुम्बिनी तेस्रो स्थानमा छ। चार खेलमा हार खेपेको गण्डकी अंकविहिन बन्दै अन्तिममा छ ।गोरखापत्रबाट