काठमाडौं। बाजुरामा भएको घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावका दिन बाजुरामा भएको घटनाको विरोधमा आइतबार काठमाडौंमा प्रदर्शन गरिएको छ। मंसीर ४ गते मतदानका क्रममा बाजुराको त्रिवेणी नगरपालिकास्थित मतदानस्थलमा विवाद हुँदा झडप भएको थियो।
झडपका क्रममा चेतन अयडीको मृत्यु भएको थियो। घटनामा केही स्थानीय र प्रहरी घाइते भएका थिए। त्यसमा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको हो। उनी अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य हुन्।अनेरास्ववियु बाजुरामा पनी ६ दिनदेखि आन्दोलित छ।
सो घटनाको विषयलाई लिएर मार्तडी बजारमा सिट्टी जुलुस निकालीएको हो। चेतनको हत्यामा संलग्न रहेका काँग्रेसका कार्यकर्ताहरुलाई तत्काल पक्राउ गर्नुपर्ने माग छ । कारवाही नगर्दासम्म अनेरास्ववियुले आन्दोलन जारी रहने बताएका छन् । अयडीको हत्या आरोपमा जिल्लाका २२ जना विरुद्ध प्रहरीमा जाहेरी दिइएको जनाइएको छ।