कैलाली। कैलाली क्षेत्र नम्बर ५ (क) का प्रदेश सभा सदस्य रमेश बहादुर धामीले सेती प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन्। नवनिर्वाचित प्रदेश सभा सदस्य धामीले आज बिहान अस्पतालमै पुगेर अस्पतालबाट प्रदान गरिने सेवा सुबिधाको बारेमा अवलोकन तथा निरीक्षण गरेका हुन्। निर्वाचित भएलगत्तै प्रदेश सभा सदस्य धामीले अस्पतालको उपचार सेवा अवस्थाको बारेमा जानकारी लिएको माओवादी नेता रमेश प्रसाद भट्टराईले जानकारी दिए।
उपचारका लागी अस्पतालमा पुगेका बिरामीहरुसँग प्रदेश सभा सदस्य धामीले उपचार सेवा सहज तथा असहज ब्यवस्थापनको बारेमा बिरामीसँग भेटघाट र छलफल गरेको जानकारी दिए। उनले अस्पतालका बिभिन्न वार्डहरु ओपीडी, बालरोग बिशेषज्ञ, सामाजिक स्वास्थ्य इकाई सेवामा पुगेका थिए। बिरामीहरुले सहज उपचार सेवा पाउनु भन्ने उदेश्य रहेको उनको भनाई छ। साथै उनले आफु निर्वाचित भएपछि आफुले गर्नुपर्ने सहयोग समन्वय र सहकार्य रहने समेत जानकारी दिएका छन्।