बाजुरा। बाजुरामा चेतन अयडीको हत्याका दोषीलाई कारवाहीको माग गर्दै सिट्टि जुलुस निकालीएको छ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले जिल्लामा दैनिक प्रदर्शन गर्दै आइरहेको छ । आज उनीहरुले बाजुराको सदरमुकाम मार्तडीमा सिट्टी जुलुस निकालेका हुन् ।
जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भएको विवादपछि अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य नेता चेत अयडीको हत्या भएको एमालेको आरोप छ।अयडीलाई नेपाली काँग्रेसका कार्यकर्ताहरुले विभत्स हत्या गरेको आरोपीतहरुलाइ कार्वाहीको माग गरेका छन् ।
अनेरास्ववियु बाजुरामा ५ दिनदेखि आन्दोलित बनेको छ। सो घटनाको विषयलाई लिएर मार्तडी बजारमा सिट्टी जुलुस निकालीएको हो । चेतनको हत्यामा संलग्न रहेका काँग्रेसका कार्यकर्ताहरुलाई तत्काल पक्राउ गर्नुपर्ने माग छ । कारवाही नगर्दासम्म अनेरास्ववियुले आन्दोलन जारी रहने बताएका छन् । अयडीको हत्या आरोपमा जिल्लाका २२ जना विरुद्ध प्रहरीमा जाहेरी दिइएको जनाइएको छ।