बाजुरा। बाजुराको बुढीनन्दा नगरपालिका ५ स्थित नन्देश्वरी मावि मतदान केन्द्रमा आज बिहान सात बजेबाट मतदान सुरु भएको छ। उच्च सुरक्षाकाबीच शनिबार बिहान ७ बजेबाट पुन मतदान सुरु भएको हो। मंसिर ४ गते को निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडप भएपछि मतदान स्थगित गरिएको थियो।
झडपमा सुरक्षाकर्मीले चलाएको गोली लागेर त्रिवेणी नगरपालिका वडा नम्बर ७ का सञ्जीव अयडीको मृत्यु भएको थियो । यस्तै सोही राती बाजुराको त्रिवेणी नगरपालिका ७ मालाकोट बस्ने ३२ वर्षीय चेतन दिप ऐडीको कुटपिटबाट मृत्यु भएको थियो।
मंसिर ७ गते स्थगित गरिएको निर्वाचन निर्वाचन आयोगले पुन: मंसिर १० गते गर्ने भनेर सुचना जारी गरेको थियो। बिहान सात बजेबाट सुरु भएको मतदान केन्द्रमा मतदाताको उल्लेखनीय उपस्थिति रहेको सहायक प्रहरी निरीक्षक ईश्वर नायकले बताए। मतदान केन्द्रमा सुरक्षा ब्यवस्था कडा परिएको छ। नेपाल प्रहरी शसस्त्र प्रहरी नेपाली सेना गरी ५ सय बढी सुरक्षाकर्मीको सुरक्षाकाबीच मतदान भइरहको नायकले बताए।