धनगढी। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले आर्थिक वर्ष २०७९र ८० को प्रथम त्रैमासिक अवधिको प्रगति सार्वजनिक गरेको छ ।शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यालयले सो बारेमा जानकारी दिएको हो । प्रथम त्रैमासिक अवधिको प्रगति सार्वजनिक गरेको हो।
खाद्य प्रविधि कार्यालय धनगढीले कैलालीमा खाद्य तथा दाना ऐन अनुरूप प्रतिकुल पाइएका नमुनाहरू उपर कारबाही प्रक्रिया अघि बढेको बताएको जनाएको छ। यस्तै त्रैमासिक अवधिमा कार्यालयबाट खाद्य ऐन प्रतिकुल कार्य गर्ने विरुद्ध कैलाली र कञ्चनपुरका १२ वटा मुद्दा दायर गरिएको छ ।यस अवधिमा अनुसन्धान प्रक्रिया पुरा भएका प्रतिकुल नमुना उपर खाद्य निरीक्षकबाट जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरमा गरी ११ र जिल्ला अदालत कैलालीमा एक गरी १२ वटा प्रतिकुल जमुना उपर मुद्दा दायर गरेको कार्यालयका प्रमुख नवराज दाहालले बताए।
यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले आर्थिक वर्ष २०७९/८० को सो अवधिमा कार्यालयले प्राप्त गरेको नमुना विश्लेषण दस्तुर बापत ६ लाख ७८ हजार ५३० रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको उनले बताए । यस्तै खाद्य प्रविधिले सो अवधिमा १३ वटा खाद्य उद्योग, १ दाना उद्योग सिफारिस, १ नयाँ खाद्य उद्योग र १ नयाँ दाना उद्योगलाई अनुज्ञापत्र नवीकरण गरिएको छ भने १ खाद्य उद्योगको अनुज्ञापत्र नयाँ जारी गरेको छ। यस्तै संयुक्त टोली मार्फत २४ पटक खाद्य तथा दाना बजारहरूको अनुगमन र ३७ पटक होटेल रेस्टुरेण्ट अनुगमन गरिएको कार्यालयले जनाएको छ।
यस्तै ४४ पटक खाद्य निरीक्षक तथा संयुक्त टोलीबाट खाद्य तथा दाना उद्योगको अनुगमन गरिएको छ । यस्तै खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय कैलाली र डिभिजन कार्यालय डडेल्धुरा डोटी बैतडीबाट जम्मा ६९ वटा खाद्य नमुना संकलन गरी कारवाही प्रक्रिया अगाडी बढाइएको छ। यस्तै गत आव साउन ६ गतेसम्म कैलाली र कञ्चनपुर भन्सार कार्यालयलाई ८० वटा तरकारी तथा फलफुल बिषादी परिक्षण अवशेष परिक्षण र बिश्लेषण सेवा प्रदान गरिएको सुचना अधिकारी हरि सिँह बोहराले जानकारी दिएका छन् । कार्याक्रममा बोल्दै खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालले खाद्य तथा दाना उद्योगमा कुनै कैफीयत भेटिएमा तुरुन्तै कार्यालय तथा डिभिजन कार्यालहरुमा सम्पर्क राख्न अनुरोध गरेका छन्।यस्तै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले समय समयमा कार्यालयले गरेको प्रगती बिवरण सार्वजनिक गर्दा राम्रो सन्देश जाने र आम उपभोक्ता र ब्यवसायी सचेत बन्ने बताए । कुनै पनी ब्यवसायीले खाद्य ऐन बिपरित कार्य गरेको भए सञ्चार माध्यमबाट प्रसारण हुने सुचनाले प्रभाब पर्ने र उस्ले सजग बन्ने अवसर पाउने बताए । यसरी कार्यालयको र सञ्चार माध्यमको मुहत्वपुर्ण भुमिका रहेको बताए । यस्मा सञ्चार माध्यम र पत्रकारले गर्नुपर्ने सहयोग सधै रहने बिश्वास ब्यक्त गरेका छन् ।