कैलाली। कैलाली अस्पतालमा एक जना बिरामीको ईन्टरभेसन रेडियोलोजी विधिद्वारा कलेजोको पिप निकालिएको छ । कैलालीको गोदवारी नगरपालीका ८ स्याउलेका १९ वर्षीय नविन नेपालीको कलेजोमा पिप भरीएको थियो।ईन्टरभेसन रेडियोलोजी विधिद्वारा कलेजोको पिप निकालिएको हो।
कैलाली अस्पताल प्रा.लिका वरिष्ठ रेडियोलोजिष्ट सह. प्राचार्य डा. भोजराज शर्माका अनुसार भिडियो एक्सरे द्धारा कलेजो मा रहेको पिप (Liver Abscess)लाई सानो ०.५mm को प्वाल बनाई पाईप नलि कलेजो सम्म पुयाई पिपलाई वाहिर निकालिन्छ। यस विधिलाई ईन्टरभेसन रेडियोलोजी विधि भनिन्छ । गेदावरी ०८ स्याउले, शान्तिपुर स्थायी बसोबास १९ वर्षे पुरुष नविन नेपाली को ईन्टरभेसन रेडियोलोजी विधि द्वारा कलेजोको पिप निकालियो । अस्पतालका वरिष्ठ रेडियोलोजिष्ट सह. प्राचार्य डा.शर्माका अनुसार यस्तो दुरविन प्रक्रिया कलेजो, मृगौला, फोक्सो, पेट इत्यादिमा हाल्न सकिन्छ। यस ईन्टरभेसन रेडियोलोजी विधिको मुख्य फाईदा भनेको विरामीलाई ठुलो शल्यक्रिया नगरी सानो मशिनो दुरविन जस्तै प्रविधिवाट पिप निकालिन्छ, यस विधिले बिरामिलाई पर्ने ठुलो खर्चबाट बचाउने उनले जानकारी दिए । बिरामिलाई पाईप राखेता पनि आफ्नो दैनिक क्रियाकलापहरु गर्न मिल्छ। यदि अप्रेशन गर्नुपरेमा अनुमानित कम्तिमा रु दुई लाख सम्म खर्च हुन जान्छ। सह.प्राचार्य डा. भोजराज शर्माका अनुसार यो सेवा प्राय सुदुरपश्चिममा उपलब्ध नभएको यस सेवाका लागि प्राय विरामी कांठमान्डौ र भारत नै जानुपर्ने अवस्था रहको थियो । यो सेवा कैलाली अस्पताल प्रा.लि. मा उपलब्ध रहेको उनको भनाई छ । यस्तै कैलाली अस्पतालमा सम्पुर्ण स्वास्थ्य समस्या भएका बिरामीहरुको चेकजाँच तथा उपचार हुँदै आएको जनाइएको छ।