डडेल्धुरा। डडेल्धुरा प्रदेश क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार खगराज भट्ट विजयी भएका छन् । डडेल्धुरा प्रदेश १ बाट संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका भट्टले एमालेका पठानसिंह बोहरालाई पराजित गर्दै निर्वाचित भएका हुन्।
भट्टले १२ हजार ११२ मत प्राप्त गरेका छन्, भने उनका निकटतम प्रतिद्वन्द्वी बोहराले ९ हजार १९५ मत प्राप्त गरे। यस्तै, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले १ हजार ७ सय ५४, राप्रपाका पदमराज जोशीले ७६२ र धनबहादुर बोहराले २०२ मत पाएका छन्। जम्मा खसेको २५३६१ मतमध्ये १३३६ मत बदर भएका छन्।