डडेल्धुरा। डडेल्धुरा प्रदेशसभा १ मा एमालेका पठानसिंह बोहराले सुरुवाती अग्रता लिएका छन्। अहिलेसम्म ७ सय ६ मतगणना भएको छ।
मतगणना अनुसार एमालेका बोहराले ३४२ मत पाएका छन् भने माओवादी केन्द्रका खगराज भट्टले २७४ मत पाएका छन् । यस्तै राप्रपाका पदमराज जोशीले ३० र स्वतन्त्र महेशसिंह धामीले २४ मत पाएका छन् । प्रदेशसभा २ को मतगणना सुरु भएको छ ।