डडेलधुरा। डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायमै छ। डडेल्धुरामा नेपाली काँग्रेसका उम्मेदवार पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा निकटतम प्रतिस्पर्धी भन्दा दोब्बर मतले अगाडि छन् ।
२३ हजार ३६१ हजार मतगणना हुँदा देउवाले ११ हजार ५५४ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले ६ हजार १०५ मत ल्याएर पछ्याउँदै छन्। नेपाली काँग्रेस बीपीका उम्मेदवार कर्ण मल्ल तेस्रो स्थानमा छन् । मल्लले ३ हजार २९५ मत ल्याएका छन्। एक हजार पाँच सय ११ मत बदर भएको छ।