डोटी । डोटीमा प्रतिनिधि सभा सदस्यको १० हजार १५० मत गणना भएको छ। डोटीमा १०१५० मत गणना हुँदा एकीकृत समाजवादीका उम्मेदवार पूर्व मन्त्री प्रेम आलेले ५हजार ७२४ मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार गौरी वलीको ३ हजार २२३ मत छ। स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्र खड्काको ४०४ मत छ।
केशव बलायरको ४७ र राज प्रसाद जोशीको १० मत रहेको निर्वाचन कार्यालय डोटीका प्रमुख करुणकर पन्तले बताए। जिल्लामा प्रतिनिधि सभा सदस्का ६२४ मत बदर भएका छन्। यस्तै डोटीको प्रदेश सभा, निर्वाचन क्षेत्र नम्बर १ मा चक्र मल्ल अगाडि छन्। प्रदेश सभा १ मा ९ हजार ५७३ मत गणना भएको छ। मल्लको ४ हजार ९६४ मत छ। उक्त निर्वाचन क्षेत्रमा नरेन्द्र सिँको ३९५२ मत छ। नेत्र नाथको १०४ तथा शैलेन्द्र खड्काको ९५ मत छ। डोटीको प्रदेश सभा, निर्वाचन क्षेत्र नम्बर २ मा १० हजार ६०६ मत गणना भएको छ। उक्त क्षेत्रमा एमालेका उम्मेदवार टेक बम अगाडि छन्। बमको ४ हजार ९८१ मत छ। माओवादी केन्द्रका उम्मेदवार शिव सिँह ओलीको ४७५७ मत छ। प्रदेश सभा सदस्यका उम्मेदवार मोहन बमले ३५९ मत ल्याएका छन्।