डडेल्धुरा। डडेल्धुरामा शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले जसले जिते पनि आफ्नै जित हुने बताएका छन्। उनले डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवा विजयी भएपनि आफूले जिते सरह नै हुने बताएका छन्। मंगलबार बिहान फेसबुक लाइभमार्फत् उनले देउवाको यो अन्तिम पाँच वर्ष हुने र आफूहरूको सुरुवात भएको बताएका छन्।
उनले अब देउवाबाहेक डडेल्धुरामा आफ्ना प्रतिस्पर्धी नै नभएको दाबी गरे। ‘उहाँको पाँच वर्ष अब अन्तिम हो। उहाँले जिते पनि मैले जितजस्तै हो। डराउनुपर्दैन,’ उनले भने, ‘अब डडेल्धुरा बनाउने, नीति नियम लेख्ने मैलै नै हो। अब डडेल्धुराको भनेको सागर ढकाललै हो। सक्किसक्यो अब कम्पिटिसन नै छैन।’ उनले डडेल्धुराका युवालाई साथ दिएको धन्यवाद दिए। यस्तै उनले डडेल्धुराका युवा तथा मतदातालाई गाली नगर्न पनि आग्रह गरेका छन्। देशभर परिवर्तनको लहर आइसकेको उनको भनाइ छ। चुनावमा आफूहरूले निकै राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै उनले यसलाई एकदमै राम्रो संकेत भएको पनि बताए।