डडेल्धुरा। डडेल्धुरामा मत गणना जारी रहेको छ। प्रतिनिधि सभा सदस्यको एक निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा अहिलेसम्म २९५६ मत गणना गरिएको छ। २९५६ मत गणना हुँदा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४०४ मत पाएका छन्।
यस्तै स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले ७३० पाएका छन्। भनेप्रतिनिधि सभा सदस्यका काँग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले ५२७ मत पाएका छन्। जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि ८ जना चुनावी मैदानमा छन्।डडेल्धुरामा ९१ हजार २ सय मतदाता रहेकोमा ५१ हजार ६६० मत खसेको थियो ।