डोटी। डोटीमा बेलुका ५ बजेदेखि मतगणना सुरू हुने भएको छ। भरखरै सम्पन्न भएको सर्वदलीय बैठकबाट सोमबार बेलुकी ५ बजेदेखि मतगणना हुने सहमति भएको हो। मतगणना स्थलको व्यवस्थापन गर्नुपर्ने भएकाले ५ बजेदेखि मतगणना सुरू गर्नुपर्ने भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले जानकारी दिए। मतगणनास्थल जिल्ला अदालत र दिपायल सिलगढी नगरपालिकाको सभाहलमा हुनेछ।
डोटीमा जम्मा मतदाता एक लाख २४ हजार आठ सय ७० रहेका छन्। जसमा ६४ हजार ५८ मत खसेका छन्। खसेकामा महिला मतदाता ३६ हजार छ सय एक र पुरूष मतदाता २७ हजार चार सय ५७ रहेका छन्। डोटीमा जम्मा ५१.१७ प्रतिशत मत खसेको हो। डोटीमा एक प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा क्षेत्र रहेका छन्।