बाजुरा। बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा त्रिवेणी नगरपालिका–७ का चेतन ऐडीको हत्या गरेको जनाउदै एमालेले दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारी र सचिव धर्मराज पाठकले सोमबार एक संयुक्त प्रेस बिज्ञप्ति प्रकाशित गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेको हो।
आइतबार त्रिवेणी नगरपालिका–७ को नाट्यश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई लिएर नेपाली काँग्रेसका कार्यकर्ताले राती चेतन अयडीको घरमै गएर कुटपिट गरेर मृत्यु भएको थियो । उनको उपचारकका क्रममा मृत्यु भएको थियो।
संयुक्त प्रेस बिज्ञप्ति प्रकाशित गर्दै प्रहरी प्रशासनसमेतको मिलेमतोमा सत्तागठबन्धनको नियोजित निर्देशनमा आफ्ना कार्यकर्ताको हत्या भएको जनाएको छ।एमालेले बाजुरा घटनाको भत्र्सना गर्दै दोषी माथि कारबाहीको माग गरेको छ। प्रेस बिज्ञप्तिमा भनिएको छ, रातिको समयमा घर तोडफोड गरी हत्या गरिएको र पूर्व जानकारी दिदा पनि प्रहरी, प्रशासन मौन बसेको बताइएको छ।