बाजुरा। बाजुरामा अनेरास्ववियुका नेता चेतन अयडीको मृत्युपछि अछामको साँफे–मार्तडी सडक बन्द गरिएको छ । जिल्लाका त्रिवेणी नगरपालिका ७ का अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको सोमबार बिहान मृत्युपछि अछामको साँफे मार्तडी सडक खण्ड बन्द गराइएको हो । कांग्रेस कार्यकर्ताको कुटपिटबाट गम्भीर घाइते बनेका अयडीको अछामको बलयपाटा अस्पतालमा मृत्यु भएको थियो ।
अयडीको मृत्युपछि एमाले निकट समर्थकहरूले उक्त सडक खण्ड बन्द गराएका हुन् । उनीहरुले सडक अवरुद्ध गरि दोषीमाथि कारवाहीको माग गरेका छन् । बाजुराको त्रिवेणी ७ को नाटेश्वरी आधारभुत विद्यालयमा मतदानको विषयलाई लिएर कांग्रेस कार्यकर्ताले अयडीमाथि कुटपिट गरेका थिए । अयडी नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन्।