धनगढी। कैलाली उद्योग वाणिज्य संघद्धारा डोटीका भूकम्पपीडितलाई राहत वितरण गरिएको छ। मंगलबार डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्पपीडितहरुलाई राहत वितरण गरिएको हो। संघको अनुरोधमा गैर आवासीय नेपाली संघले ५ लाख बराबरको राहत सहयोग गर्ने सम्झौता भएअनुसार उक्त राहत वितरण गरिएको बताइएको छ।
आज बिहान गैरागाउँका भूकम्पबाट ज्यान गुमाएका ६ जनाका परिवार र अन्य भूकम्पपीडितलाई राहत वितरण गरिएको जनाइएको छ। उक्त राहत सामग्री कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले हस्तान्तरण गरेका हुन्।