डोटी। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचन नजिकिएसँगै आसन्न चुनावमा कस्ले जित्ला भन्ने बारेमा बहस तथा चर्चा हुन थालेको छ। अब निर्वाचन आउँन केही दिन मात्रै बाँकी रहदा उम्मेदवारहरु घरदैलोमा भोट माग्न बेस्त देखीएका छन्। यती बेला डोटीमा प्रदेशसभा सदस्यका लागि उम्मेदवार दिएकाहरु बिच चुनाबी रस्साकस्सी चलेको छ।
किनकी नेपाली कांग्रेसका जिल्ला सभापति र नेकपा एमालेका जिल्ला अध्यक्षबीच कडा प्रतिस्पर्धा हुने भएको छ। प्रदेशसभा (१) मा कांग्रेसले जिल्ला सभापति नरेन्द्रवहादुर सिंह र एमालेले पनि जिल्ला अध्यक्ष चक्रबहादुर मल्ललाई उम्मेदवार छन् । सिंह गत वर्ष १४औं अधिवेशनबाट जिल्ला सभापति चुनिएका हुन्। २०३४ सालदेखि राजनीतिमा सक्रिय उनी कांग्रेसमा अवसर नपाएका नेतामध्येमा पर्छन्।
उनी ०४९ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन जिल्ला विकास समितिको सभापति हुन चाहन्थे । कांग्रेसबाट निर्वाचित गाउँ विसका समितिका अध्यक्षरउपाध्यक्षहरुले उनको पक्षमा हस्ताक्षर अभियानै चलाएका थिए। तर पाटीभित्र नेताहरुको व्यवस्थापन गर्ने क्रममा उनी परेनन् । उनले उपसभापति त पाउँछु कि भन्ने आश गरेपनि नपाएपछि आफु पार्टीको जिम्मेवारीमै खटेको बताए ।उनले पार्टीले नेताहरुको व्यवस्थापन गर्नुपर्ने हुँदा पार्टीको जिम्मेवारीमै खटे र पदको कुनै लाभको आश नगरेको बताए। ०७० सालको संविधान सभा निर्वाचनको बेला सिंहको नाम समानुपातिक सूचीमा परेपनी सूचीमै सिमिति रहेको उनले बताए। यो पटक भने उनले प्रदेशसभा सदस्यको टिकट पाएका छन्।
यस्तै अर्का प्रतिस्पर्धी एमाले जिल्ला अध्यक्ष चक्रबहादुर मल्ल विद्यार्थी आन्दोलनबाट ०६९ मा एमालेको डोटी अध्यक्ष चुनिएका थिए । उनी ०७० सालको संविधान सभा निर्वाचनमा उनी सोही क्षेत्रबाट उम्मेदवार हुने दाबीमा थिए । जिल्लाबाट उनको नाम पहिलो नम्बरमा सिफारिस भएपनी टिकट पाएका थिएनन् । उनी ०७४ सालमा तत्कालीन वाम गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवार वने र उनी झिनो मत अन्तरले पराजित भएका थिए । यसपटकको निर्वाचनमा उनीहरु दुबै निर्वाचनमा होमीएका छन् । डोटी प्रदेश सभा “क” का दुवै प्रतिस्पर्धीको घर एउटै पालिका आदर्श गाउँपालीकामा रहेको र नजिकका नातेदार पनि हुन्।
दुवैले बिद्यार्थी संगठनबाटै राजनीतिक यात्रा प्रारम्भ गरेका सिंह र मल्ल दुवै पार्टीको जिल्ला नेतृत्वमा छन्। बाणिज्यशास्त्रमा स्नानकोत्तर सिंह रजिष्टर्ड लेखापरीक्षक हुन् । यस्तै अंग्रेजी र समाजशास्त्रमा स्नातकोत्तर मल्लले निजी शिक्षण संस्था सञ्चालन गर्नुका साथै कृषि फर्म चलाएका छन् । मल्ल युवाहरुमाझ लोकप्रिय छन् भने सिंहलाई पाकाहरुले बढी चिन्ने गरेका छन् । गठबन्धनका साझा उम्मेदवार सिंहले खुटिया बिपिनगर दिपायल फाष्ट ट्रयाकलाई आफ्नो प्रमुख एजेण्डा वनाएका छन्।उनी फाष्ट ट्रयाक निर्माण भए डोटीलाई छोटो दुरीमा कैलाली जोड्ने, खप्तडको प्रवद्धनका लागि मुख्य प्रवेशद्वार शैलेश्वरीमा धर्मशाला, सहजपुर बोगटान सडकलाई दुई बर्षभित्रै स्तरोन्नति गरि कालोपत्रे गर्ने, ग्रामिण सडकको स्तरोन्नति, कृषि सिंचाई, बजारको उचित व्यवस्थापन, खानेपानी लगायतका एजेण्डाहरु छन्।
यस्तै उनले प्रदेशराजधानी काल्पनिक कुरा गरेर नहुँने बताउँदै राजधानी सारिएको महसुस नहुने गरी हामीले अरु संरचना विकास गर्नुपर्ने र त्यसका लागि महत्वपूर्ण निकायहरु डोटी ल्याउनुपर्ने आफुनो धारणा रहेको बताए । यस्तै एमाले उम्मेदवार मल्लले व्यवसायिक शिक्षालाई आफ्नो प्रमुख एजेण्डा वनाएका छन् । युवाहरुलाई स्वदेशमै स्वरोजगार, व्यवसायिक शिक्षा अनिवार्य गरी युवा पलायन रोक्नुपर्ने उनको भनाई छ । उनले पश्चिम सेती परियोजना,आठ बर्षदेखि अल्पत्र परेको बान्डुंग्रीसैनको मोटरेवल पुल स्थरोउन्नती, खुटिया बिपिनगर दिपायल फाष्ट ट्राक, खानेपानी, सिँचाइ, ग्रामिण सडकहरुको स्तरोन्नती एजेण्डा रहेका छन् । यस्तै उनले पनी प्रदेश राजधानीको एजेण्डा बनाएको र आफु राजधानीको लागि आन्दोलनमा होमिएको कुरा सवैलाइ थाह भएको बताए । उनले अहिले पनि प्रदेश राजधानी सवै कुराले डोटीनै उपयुक्त रहेको बताए।तर राजधानी फर्काउन नसकेपनि त्यसको क्षतिपूर्ति डोटीले पाउनुपर्ने उनले बताए । प्रमुख प्रतिस्पर्धी दुवैले आफु जित्ने दाबी गरेका छन्।
कांग्रेसको संगठन बलियो भएको र स्थानीय निर्वाचनमा यो क्षेत्रमा पर्ने सबै स्थानीय तहमा जित हासिल गरेको हुँदा आफ्नो बलियो जित्ने आधार रहेको गठबन्धनका उम्मेदवार सिंह वताएका छन् । गठबन्धन पनि भएकाले आफ्नो जित सहज भएको सिंहको भनाइ छ।‘लामो समयदेखि राजनीतिमा लागेको र हालसम्म कुनै लाभको पद नपाएकोले यस पटक जनताले मलाइ भोट दिने उनले दाबी गरे। यस्तै एमाले उम्मेदवार मल्ल आफू डोटेली जनतासँग नियमित रुपमा भिजेको, जनताको सुखदुःखमा उनीहरुको घरदैलोमा पुगेको र जिल्लाको भूगोल राम्रोसंग बुझेको भएकाले जनताले मत दिने दाबी गरहेका छन् । उनले आफु यही भूगोलमा रहेकाले डोटी जिल्लाका गाउँगाउँ बस्तीबस्तीमा पुगेको बताए । जनताका हरेक समस्या, भूगोलका समस्याहरु मैले बुझेको बताउँदै आफुलाई जनताले भोट दिने उनले बताए । आफुलाई सबैले साथ दिने समेत आफनो बिचार समेत ब्यक्त गरेका छन् ।