धनगढी। नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य आनन्द विष्टले डोटी गडसेराको समग्र बिकासकालागी नेतृत्व तहले काम गर्नुपर्ने बताएका छन्। धनगढीमा सोमबार बिहान गडसेरी समाजले आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै नेता बिष्टले सो कुरा बताएका हुन्।
गडसेरी समाज र गडसेराका लागी केही गर्ने खालको वातावरण बनाउन र आसन्न निर्वाचनमा उम्मेदवारहरुलाई पनी सो समाजबाट भएकोसहयोग महसुस गराउन छलफल आयोजना गरिएको हो।नेता बिष्टले आफ्नो ठाउँको बिकासका लागी सबैले सहकार्य र एकताको भावनाका अनुसार भुमिका निर्वाह गर्नुपर्ने बताउँदै गडसेराको बिकासकालागी लाग्नुपर्ने बताए।
आसन्न मंसिर ४ को निर्वाचनमा पनी गडसेराबासीलाई बिकास भएको महसुस गराउने खालको उम्मेदवारको आवश्यकता भएको र त्यस्ता उम्मेदवारलाई जिताउन उनले आग्रह गरेका छन्। कार्यक्रममा सहभागीहरुले पनी सडक, यातायात तथा टेलीकमको नेटवर्क लगायतका समस्याले त्यहाँको बिकासमा परिवर्तन नभएको महसुस गरेका छन्।बिगतमा जसरी गडसेरा नाम चिरपरिचित भएपनी बिकास सोचेजस्तो नहुँदा महत्व समेत घटेको उनीहरुको भनाई छ । पुख्यौली घर डोटी गडसेरा घर भई धनगढी बस्दै आएका सुभाष चन्द्र भण्डारीले हालै जन्मघर जाँदा सडकको दुरावस्ताले दुख लागेको बताए । उनले गडसेरार डोटीमा थुप्रै नेताहरु शिर्ष स्थानमा पुगेपनी त्यहाँको जिवनशैली देखी गडसेराको बिकासमा परिवर्तनको अनुभुति नभएको बताए। त्यसैले अबको नेतृत्वले त्यस बिषयमा ध्यान दिनुपर्ने उनको सुझाब छ। साथै नेता बिष्टले सामाजिक कार्य गर्नका लागी आफु जन्मेको ठाउँका बिकासका लागी बिभिन्न सहयोग गरेको बताएका छन्। आफु अमेरीकामा हुँदा पनी कोरोनाको समयमा,गडसेरा डोटीमा सहयोग गरेको बताए।
उनले डोटीका १७ वटा बिद्यालय, मठमन्दीरलाई ब्यवस्थीत गर्न र आर्थिक अभाबमा स्वास्थ्य उपचार गराइरहेकालाई आफुले ब्यक्तीगत रुपमा सहयोग गरेको समेत बताएका छन् । हालै आसन्न निर्वाचन नजिकै आइरहेकाले गडसेरासहित समग्र डोटीको बिकास गर्ने गठबन्धनलाई जिताउन उनले आग्रह गरे। कार्यक्रममा सहभागीहरुले गडसेराको बिकासका लागि ऐक्यबद्धता जनाउँदै आसन्न मंसिर ४ को चुनावमा उम्मेदवार बनेकाहरुसंग ठोस नीति तथा योजना ल्याई कार्यान्वयन गराउनुपर्ने सुझाव दिएका छन्।डोटीका नौ वटै पालिकामा केन्द्रीय प्रतिनिधिको विशेष जिम्मेवारीसहित डोटी खटिएका विष्टले ‘डोटीमा प्रदेश र संघमै प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवार नभएको बताए । मुलुकमा राजनीतिक स्थायित्वका लागि गठबन्धन गर्नुपर्ने अवस्था सिर्जना भयो। सोही समीकरण मिलाउन डोटी कांग्रेसको भागमा परेन। यो अवस्थालाई हामीले बुझ्नुपर्छ,’ उनले प्रत्यक्षतर्फ गठबन्धनको पक्षमा र समानुपातिकमा कांग्रेसलाई मतदान गर्न आग्रह गरेका छन्।
आफू सधैँ जनताको साथमा रहने बताउँदै उनले डोटेली जनताको विश्वासले नै स्थानीय तहमा जिल्लामा कांग्रेस बलियो बनेको बताए। त्यो विश्वासलाई डगमगाउन नदिन आफूले भरपुर प्रयासका साथै डोटेली जनताको पक्षमा काम गर्ने विष्टको भनाइ छ । गठबन्धनका उम्मेदवारले जिते फेरि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने र काम गर्न सहज हुने उनले बताए। ‘फेरि पनि गठबन्धनकै सरकार बन्छ। त्यसको नेतृत्व कांग्रेसले गर्ने छ। एमाले अध्यक्ष केपी शर्मा ओली जीलाई दुई तिहाइको सरकारको नेतृत्व गर्ने अवसर दिँदासमेत उहाँले केही गर्न सक्नु नसकेको उनले बताए । झनै उहाँबाट संसद् र संविधानमाथि प्रहार हुने काम गरेको बताए । यो अग्रगमनका पक्षमा उभिने बेला भएकाले लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न उनको आग्रह छ। स्थानीय तह निर्वाचनमा डोटीका नौ पालिका मध्ये सातमा प्रमुख र आठमा उपप्रमुख कांग्रेसले जितेको छ।