बैतडी। बैतडीमा भूकम्प आएको बेला घर बाहिर निस्किँदा एकजनाको लडेर मृत्यु भएको छ । बैतडीमा भूकम्पको धक्का महसुस भएका बेला भाग्ने क्रममा घरको सिँढीबाट लडेर डिलाशैनी गाउँपालिका १ सेल्तडाका ६६ बर्षीय हरि लुहारको मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार राति ८ बजेर १२ मिनेटमा भुकम्प आएको र सोही बेला बाहिर भाग्ने क्रममा लडेर घाइते भएका लुहार राति ११ बजे मृत्यु भएको जनाइएको छ। स्काउट डिलाशैनीका संयोजक तेजराज जोशीले
भूकम्प आएपछि भाग्ने क्रममा लुहारको मृत्यु भएपछि मृतकका परिवारलाई गाउँपालिका र अन्य सहयोगी निकायबाट किरिया खर्च प्रदान गरिएको छ।
स्थानिय जनप्रतिनीधिलगायतको टोली मृतकको घरमै पुगेर मृतकका परिवारलाई २० हजार किरिया खर्च हस्तान्तरण भएको छ । यस्तै नेपाल रेडक्रस सोसाइटी, स्काउट लगायतकासंस्थाहरुले मृतकका परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका जोशीले जानकारी दिए ।