धनगढी। लायन्स क्लब अफ धनगढी सिटी र नवजीवन अस्पताल प्रा। लि ।धनगढीको संयुक्त आयोजनामा ३७० जनाले निशुस्ल्क स्वास्थ्य शिविरबाट स्वास्थ्य सेवा पाएका छन्। धनगढी १३ श्रीलंका गाँउ स्थित नवज्योति आधारभूत बिद्यालयमा आज भएको निशुस्ल्क स्वास्थ्य शिविरमा निशुस्ल्क स्वास्थ्य चेक जाँच र निशुल्क औषधी प्राप्त गरेका हुन्।
निशुल्क स्वास्थ्य शिविर भब्यताका साथ सम्पन्न भएको आयोजकले बताएको छ। जसमा बिरामीले निशुल्क स्वास्थ्य चेक जाँच र निशुल्क औषधी समेत प्राप्त गरेका छन। निशुल्क स्वास्थ्य शिविर बिहान ९ बजे देखी दिउँसो २ बजेसम्म रहको नवजिवन अस्पतालका सिइओ चक्र खडायतले जानकारी दिएका छन्। आयोजक लायन्स क्लब अफ धनगढीले पनी स्वास्थ्य शिविर आयोजना गर्न लागेको जानकारी दिएको छ । जस अनुसार बिभिन्न बिरामीले स्वास्थ्य लाभ लिन सकिने जनाइएको छ।
चिकित्सा स्वास्थ्य सेवामा अर्थोपेडिक डाक्टर विदुरमणि ढकाल, स्त्री रोग विशेषज्ञ डाक्टर जय रामकेसी, सामान्य चिकित्सक, जर्नल फिजिसियन डा राजु विष्ट, बाल रोग बिशेषज्ञ डाक्टर विक्रम हीराचन, निःशुल्क भिडियो एक्सरे पाठेघरको मुख को क्यान्सर स्क्रिनिङ प्याप स्मेयर जाँच पनि गरिएको छ । पेट छाती मुटु मधुमेह रोग विशेषज्ञ डा।राजु विष्टसहित डाक्टरहरूको टोली नवजीवन अस्पताल प्रा।लिबाट अपलब्ध रहेको जानकारी दिएको छ। साथै क्लबका अध्यक्ष घनश्याम चौधरी कार्यक्रमलाई भव्य बनाइएको बताएका छन् ।