डोटी। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेम आलेले डोटेली जनताको बेज्जत गरेको आरोप लगाएका छन्। शनिबार डोटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। प्रतिगामी तत्वहरु अहिले चुनावको क्रममा जनताको बिचमा आइपुगेको उनले बताए।
उनले एकिकृत समाजवादी डोटीका प्रतिनिधी सभाका उम्मेदवार प्रेम आलेलाई संकेत गर्दै भने, मलार्ई यस ठाउँमा दुख लाग्छ, मैले उम्मेदवारी सहि गरेर दिएको ब्यक्ती, पछि त डोटीको मात्रै बेइज्जत हैन् भाषा सुन्नुहोस्, डोटीको मात्रै बेइज्जत हैन् सिंगै डोटीको सभ्यताको, भाषाको, संस्कृतीको बेइज्जत भयोनै। त्यो मात्रै गरेको हैन् नेपाली सिंगै जातीको बेइज्जत अन्तराष्ट्रिय तवरमा गरेको छ । उनले भने, बिश्वभरीबाट के हो यस्तो मन्त्रीको भाषा।
केहो यस्तो बोलाई मन्त्री राजीनामा गर्दैन्, उनलाई हटाउन लुते नेताहरु सक्दैनन्, त्यस्तो मान्छे फेरी एउटा उनै खुद्रा, दुई/तिनओटा पात जोडेर दुना टपरी गाँसेर बनाउन खोजेको जस्तो, गाँसेको पार्टिबाट बिभिन्न खपेटाहरु जोडेर बनाउन खोजेको पार्टिबाट उम्मेदवार भएर यता तिर आएका छन् भन्ने मलाई थाहा छ,उनले भने । म डोटेली जनतालाई आग्रह गर्न चाहान्छु, त्यस्ता ब्यक्तिहरु, बिश्वासघाती ब्यक्तीहरु, देशको माया नगर्ने ब्यक्तीहरु, पार्टिको माया नगर्ने, आन्दोलनको माया नगर्ने, बिकासको माया नभएका स्वार्थी तत्वहरुलाई मत दिनुहुँदैन् उनले भने । जमानत भन्दा तल राखेर पठाउनुपर्छ उनले भने।