धनगढी। धनगढीमा भोली निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । धनगढीको नवजिवन अस्पतालको प्रायोजक र लायन्स क्लब अफ धनगढीको सिटीको आयोजनामा निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको हो। निशुल्क स्वास्थ्य शिविर भोली शनिवार धनगढी १३ श्रीलंका स्थीत नवज्योति आधारभूत तह विद्यालयमा आयोजना हुने भएको आयोजकले जानकारी दिएको छ।
निशुल्क स्वास्थ्य शिविर बिहान ९ बजे देखी दिउँसो २ बजेसम्म रहने नवजिवन अस्पतालका सिइओ चक्र खडायतले जानकार दिएका छन् । आयोजक लायन्स क्लब अफ धनगढीले पनी स्वास्थ्य शिविर आयोजना गर्न लागेको जानकारी दिएको छ । जस अनुसार बिभिन्न बिरामीले स्वास्थ्य लाभ लिन सकिने जनाइएको छ।
चिकित्सा स्वास्थ्य सेवामा निम्न द्वारा उपलब्ध गराइनेछ। अर्थोपेडिक डाक्टर विदुरमणि ढकाल, स्त्री रोग विशेषज्ञ डाक्टर जय रामकेसी, सामान्य चिकित्सक, डा राजु विष्ट, बाल रोग बिशेषज्ञ डाक्टर विक्रम हीराचन, निःशुल्क भिडियो एक्सरे पाठेघरको मुख को क्यान्सर स्क्रिनिङ प्याप स्मेयर जाँच पनि गरिनेछ, पेट छाती मुटु मधुमेह रोग विशेषज्ञ डा.राजु विष्टसहित डाक्टरहरूको टोली नवजीवन अस्पताल प्रा.लिबाट अपलब्ध रहेको जानकारी दिएको छ। साथै क्लबका अध्यक्ष घनश्याम चौधरी कार्यक्रमलाई भव्य बनाउनको लागि हाम्रो क्लबका कर्मचारी सदस्य सबैलाई उपस्थीतिका लागी अनुरोध गरेका छन् । साथै बिरामीहरुले पनी निशुल्क स्वास्थ्य सेवा लिन पनी अनुरोध गरेका छन्।