नेकपा एमाले सुदूरपश्चिमले गएराति गएको भुकम्पमा परेर घाइते भएकाहरुको निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।
एमालेका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज लेखराज भट्टले प्रेस विज्ञप्तीमार्फत डोटीमा गएको भुकम्पमा परेर घाइते भएकाहरुको निःशुल्क उपचारका प्रबन्ध मिलाउन माग गरेका हुन् ।
भुकम्पबाट प्रभावित भएकाहरुलाई तत्कालन आवश्यक राहतको व्यवस्था गर्दै पुर्नस्थापना गर्न पनि माग गरिएको छ । भट्टले भुकम्पले डोटीसहितका पहाडी जिल्लामा पुगाएको क्षतिले एमालेलाई दुःखीत बनाएको भन्दै घर भत्किएर ज्यान गुमाएका ६ जनालाई श्रद्धाञ्जली दिदै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
गएराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर म्याग्नीच्यूडको भुकम्प गएको थियो । भुकम्पबाट ६ वटा घर भत्किदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । क्षतिको विवरण संकलनको काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।