डोटीमा भूकम्पमा परी मृत्यु हुने ६ जनाको पहिचान खुलेको छ । डोटिको पुर्बिचौकी गाउपालिकाका पदम बोहराको घर भत्किदा उनकी श्रीमती भगवतीदेवि बोहरा, उनको छोरा ७ वर्षीय हर्क बोहरा, उनकै छोरी १४ वर्षीय सिता बोहराको मृत्यु भएको छ । यस्तै सोही ठाउँका प्रेम बोहरा, तुलसी बोहरार धनसरी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले बताए। बधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको हो ।भूकम्पमा परी ५ जना घाइते भएका छन्। घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन्। घाइतेको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। भूकम्पले घर चर्किएकाले स्थानीयले चौरमा बसेर रात बिताएका छन्। खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका ३ अधिकांस घर चर्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.