डोटी। डोटी जिल्लामा निर्वाचन सम्पन्न गर्न मदिरा ओसारपसार, बिक्री वितरण तथा सेवनमा पूर्ण निषेध गरिएको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसार, बिक्री वितरण र सेवनमा पूर्ण निषेध गरिएको हो।
जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत दिपा जोशीको हस्ताक्षरमा एक सूचना जारी गर्दै मदिरा ओसारपसार, बिक्री वितरण र सेवन निषेध गरिएको छ। डोटी जिल्लाको सम्पूर्ण सुरक्षालाई दृष्टिगत गर्दै कात्तिक १७ गते प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा बैठक बसेको थियो। निर्वाचन सुरक्षा समितिको बैठकको निर्णय अनुसार २०७९ कात्तिक १९ गते राती १२ बजे देखी पहिलो हुने निर्वाचित प्रणाली बमोजिम अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको ओसारपसार, बिक्री वितरण र सेवनमा पूर्ण रूपमा निषेध गरिएको छ।
यदी कोही कसैले सूचनाको बर्खिलाप गरी मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ। आसन्न निर्बाचनलाई भएरहीत बातावरणमा सम्पन्न गर्न आम मतदाता, राजनितीकदल जिल्लाबासी, सरोकारवाला निकाएले आ आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने समेत प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् ।