डडेल्धुरा। प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। देउवा चुनावी प्रचारप्रसारका क्रममा बुधबार काठमाडौंबाट धनगढी हुँदै बिहीबार डडेल्धुरा आइपुगेका हुन्। देउवाले बिहीबार अमरगढी र शुक्रबार गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गरेका थिए।
नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदका अनुुसार देउवाले आज बिहान ११ बजे अजयमेरू गाउँपालिकाको भद्रपुर र दिउँसो २ बजे भागेश्वर गाउँपालिकाको रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्नेछन्। देउवाले कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुडामा हुने चुनावी सभालाई सम्बोधन गर्ने साउँदले जानकारी दिए। देउवा कात्तिक २० गते काठमाडौं फर्कने र सातवटै प्रदेशमा हुने चुनावीसभामा पुग्ने कार्यक्रम छ। डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका लागि देउवाका साथै कांग्रेस बीपीका कर्णबहादुर मल्लका साथै स्वतन्त्र उम्मेदवारहरू सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावलले उम्मेदवार छन्।