डडेल्धुरा। प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी नेत्री डाक्टर आरजु राणा देउवाले डडेल्धुरामा हेलिकप्टर चढेर आउन सक्नेलाई भोट दिन आग्रह गरेकी छन्। आफ्ना पति तथा काँग्रेसका उम्मेद्वार शेरबहादुर देउवाको चुनावी प्रचारप्रसारका लागि डडेल्धुरा पुगेकी उनले मतदातासंग भोट माग्ने क्रममा यस्तो अभिव्यक्ती दिएकी हुन्।
केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचका बेला डडेल्धुरामा आयोजना भएको एक कार्यक्रममा उनले कांग्रेसले नजितेको स्थानमा बजेट नपठाउने अभिव्यक्ति दिएकी थिइन्। यस्तै कैलालीको धनगढीमा उनले वैदेशिक रोजगारीका लागि मलेशिया पठाउने लोप दिँदा पनि उनी चर्चामा आएकी थिइन्। यसैगरि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाको उम्मेदवारी दर्ता गर्दा आरजुले डडेल्धुरावासीलाई प्रधानमन्त्री निवास बालुवाटारमा सहज पहुँच बढेको बताएकी थिइन्।
उनले डडेल्धुरावासीले ‘खुलजा सिमसिम’ भन्ने बित्तिकै बालुवाटारको ढोका खुल्ने बताएकी थिइन्। यस्तै उनले आफ्ना उम्मेद्वारलाई जिताए फ्रिमा केहि युवालाई मलेसिया पठाइदिने बताएकी थिइन्।कांग्रेसकी नेत्री डाक्टर आरजु राणा देउवा बेलाबेला आफ्नो अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन्। उनै आरजु फेरि अभिव्यक्तिका कारण विवादमा तानिएकी छन्। आफ्ना पति तथा काँग्रेसका उम्मेद्वार शेरबहादुर देउवाको चुनावी प्रचारप्रसारका लागि डडेल्धुरा पुगेकी आरजुले हेलिक्पटर चढेर आउन सक्नेलाई भोट दिन आग्रह गरेकी छन्।
शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकाको सभालाई सम्बोधन गदैृ डा आरजुले हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउनसक्ने (प्रधानमन्त्री देउवा) व्यक्तिलाई जिताउन आग्रह गरेकी हुन। ‘यो गाउँ–ठाउँलाई बनाउने, यो व्यवस्थालाई अगाडि सार्ने संविधानको रक्षा गर्ने, यो देशमा शान्ति हुने र समृद्धि हुने’ उनले भनेकी छिन्’ ‘जसरी आज हामी हेलिकोप्टरमा आयौं। आजभन्दा १०–१५ वर्ष अगाडि यहाँ हेलिकोप्टरमा उडेर आउनसक्ने क्षमता बनाउनसक्ने मान्छेलाई छान्नुस। नेपाली कांग्रेसको रुख छापमा तपाईंहरूकै गाउँको शेरबहादुर देउवा जिलाई जितानुस्।’ म भन्न चाहान्छु उनले भनिन् ।