धनगढी। आसन्न मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनावको प्रचारप्रसार गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपि शर्मा ओली सुदूरपश्चिम आएका छन्। आफ्नो पक्षमा माहोल बनाउन दलका शिर्ष नेताहरु देश दौडाहा अनुसार कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली चुनावी दौडाहमा सुदूरपश्चिम आएका हुन् ।
प्रधानमन्त्री देउवा बुधबारदेखि सुदूरपश्चिममा रहेका छन् भने एमाले अध्यक्ष ओली बिहीबार बेलुका सुदूरपश्चिम पुगेका हुन् । देउवाले बिहीबार आफ्नो गृहजिल्ला डडेल्धुरा सदरमुकाममा चुनावी सभालाई सम्बोधन गरेका हुन् । उनले आज पनि जिल्लाका नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा चुनावी सभालाई सम्बोधन गर्दै छन् ।
एमालेले आजदेखि दार्चुलाबाट चुनावी सभाको सुरुवात गर्ने भएको छ । प्रदेश र प्रतिनिधि सभा सदस्यका उम्मेदवारको पक्षमा मत पार्न सत्ता गठबन्धन र एमालेका नेताहरू चुनावी सभामा केन्द्रित भएका हुन् । बिहीबारदेखि चार दिनसम्म कांग्रस पार्टी सभापति देउवाले डडेल्धुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने तय भएको छ । यस्तै, नेकपा एमालेका अध्यक्ष ओलीले शुक्रबार एकैदिन दार्चुला, बैतडी र कञ्चनपुर जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । केपी ओली चुनावमा राष्ट्रवादी सेन्टिमेन्ट बटुल्नका दर्चुलाबाट सुरुहुने चुनावी अभियानको उद्घाटन गर्न । नेकपा एमालेले ओली नेतृत्वको सरकारका समय जारी भएको नेपालको चुच्चे नक्सालाई चुनावी मुद्दा बनाएको छ।
आगामी निर्वाचन पछि एमालेको सरकार भएमात्रै भारतले लिएको लिपुलेक र कालापानी फिर्ता आउने भन्दै आजबाट सुरु हुने चुनाव प्रचार अभयिानको सुरुवात गर्न ओली बिहीबार नै धनगढी गएर बसेका थिए। यस्तै बिहीबार दिउँसो डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवा भने सीमा विवादलाई राजनीतिक र चुनावी मुद्दा बनाउन नहुने भन्दै मित्रवत व्यवहारबाट समधान हुने बताएका थिए । उनले एमालेले अनावस्यक रुपमा सीमा विवादलाई चुनावी मुद्दा बनाएको भन्दै दुइदेशबीचको आपसी वार्ता विना लिपुलेक खोसर ल्याउन नसकिने भन्दै देउवाको बार्ताको वातावरण बनाउनुपर्ने बताएका थिए ।
देउवाले त्रिदेशीय सीमा समस्याको समाधान छिमेकी राष्ट्रसँग गरिने मित्रवत व्यवहारबाटै समाधान गर्न सकिने बताए पनि ओली यसैबाट चुनावमा राष्ट्रवादी भोट तान्ने कसरतमा देखिएका छन् । देउवाले लिपुलेक र कालापानीको समस्या नेपाल र भारतबीचको आपसी समझदारीबाटै समाधान गर्न सिकने दावी गरेका छन् । बिहीबार सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावी सभामा देउवाले विवाद र झै झगडाबाट समस्याको निकास नआउने बताएका थिए ।भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र समेटेर ओली सरकारको नेतृत्वमा नेपालको नक्सा जारी भएको थियो। त्यही कुरालाई चुनावमा जनतामाझ लगेर ‘चुच्चे नक्साले ओगटेको भूभाग फिर्ता ल्याउन’ भन्दै मत माग्न एमालेले अभियान सुरु गर्नका लागि दार्चुलालाई रोजेको अनुमान छ।