बझाङ। सुदूरपश्चिम प्रदेशका केही पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान ९ बजेर २६ मिनेटमा बझाङको लेकगाउँ केन्द्रबिन्दु भएर चार दशमलव छ म्याग्नीच्युटको भूकम्प गएको हो।
उक्त भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको धक्का बझाङको लेखगाउँ रहेको बताए। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ।