डडेलधुरा। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध प्रतिनिधिसभामा उम्मेदवारी दिएका सागर ढकालले डडेलधुरामै तिहार मनाएका छन् । उनले गुल्मीको ढकाल परिवारसँग धामी परिवारको बिहीबारदेखि नाता जोडिएको उल्लेख गरेका छन् ।
गुल्मीको ढकाल र डडेल्धुराको धामी परिवारको सम्बन्ध आजबाट जोडिएको छ’, ट्वीटरमा भाइटीकाको तस्बिरसहित उनले लेखेका छन्, ‘हाम्रो संस्कृति धेरै नै धनी छ। डडेल्धुरामा दिदी–बहिनीहरु, दाजु–भाइहरु बनाउन पाउँदा निकै नै हर्षित छु।’विगत करिब ४ महिनादेखि चुनावी अभियानका क्रममा डडेलधुरामै रहेका सागरले आफ्नो दशैँ, तिहार, गौरा, तीज सबै डडेलधुरामै भएको उल्लेख गरेका छन्।