डडेल्धुरा। डडेल्धुरामा बिहीवार राति जिप दुर्घटना भएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं ५ को दाडिममा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले से १ ज २३४ नम्बरको जिप दुर्घटना भएपछि चालकसहित तीन जना घाईते भएको जानकारी दिएको छ।
प्रहरीका अनुसार घाईते हुनेमा चालक चक्र बिष्ट, किशोर बिष्ट र दिपक बिष्ट रहेका छन। प्रहरीले उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको जनाएको छ।दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।