गन्यापधुरा गाउँपालिकामा सोमबार साँझ जस्प दुर्घटना हुँदा घाइते भएका ४ जनालाई रेफर गरिएको छ । डडेल्धुरा अस्पतालले ४ जनालाई रेफर गरेको हो । डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ४ की २३ वर्षीया इश्वरी रावल, गन्यापधुरा गाउँपालिका वडा नम्बर ५ का ११ वर्षीय सुरेन्द्र भुल र १६ वर्षीया रुपा भुल तथा गन्यापधुरा वडा नम्बर ५ कै रमेश पानलाई रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिए ।
उनका अनुसार रेफर भएका ४ जनाको कैलालीको अत्तरियास्थित पदमा अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । यस्तै सामान्य घाइते ७ जनामध्ये ५ जना डिस्चार्ज भइसको छन् भने बाँकी २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
सोमबार गन्यापधुरा गाउँपालिका–५ मोइ गाउँमा से १ ज ८१२ नम्बरको जीप दुर्घटना हुँदा ११ जना घाइते भएका थिए । डडेल्धुरा जिल्ला सदरमुकामबाट रेल गाउँतर्फ गइरहेको जीप साँझ ७ बजे दुर्घटना भएको थियो ।