धनगढी : आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधीसभाको निर्वाचन एकै चरणमा हुँदैछ । यतिबेला बिभिन्न दल तथा स्वतन्त्र ब्यक्तीहरु मनोनयन दर्तापछि चुनावी अभियानमा केन्द्रित छन् । एका तर्फ सत्ता गठबन्धन त अर्को तर्फ एमाले सहितका दलहरु चुनावी मैदानमा होमिएका छन् । आसन्न निर्वाचनमा स्वतन्त्रबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधीसभा उमेदवार रहेका पुर्व काग्रेंस नेता समेत रहेका पुस्करनाथ ओझासंग चुनावी रणनितिका बिषयमा स्टेट सेभेन अनलाइनका सह सम्पादक दिनेश बिष्टले गरेको कुराकानी
लामो समय काग्रेंसको राजनिति गरेको मान्छे यसपालि स्वतन्त्रबाट चुनावमा होमिनुको कारण के ?
म यो मुलुकको अखण्डता र नेपाली जनताको स्वाधिनताका लागी म राजनितिमा आएको थिए । मुलुकमा निर्दलिय पञ्चायती ब्यवस्था थियो । जसले जनताका आवाज दमन गरेको थियो, त्यो बेला हामी त्यही पञ्चायती ब्यवस्था बिरुद्ध लडेर नेपालमा दलिय प्रथा स्थापित गर्न सकेका थियौँ । म निर्दलिय ब्यवस्था बिरुद्ध लडेको ब्यक्ती आज आफै स्वतन्त्र भएको छु । म अहिले यो क्षेत्रको शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार लगायतका क्षेत्रमा केही योगदान गर्न सकिन्छ भन्ने बिश्वास र कर्तब्यबोध छ । संगै बिगत २÷३ बर्षदेखी यो धनगढीको आत्मसम्मानमा चोट पुग्ने काम भएको छ । निरन्तर एकपछि अर्को बाहिरबाट उमेदवार भएर आउँछन् । मानौँकी यहाँ उमेदवारनै छैनन्, यहाँका मान्छे बिकाउ छन्, झोला बोकेर टन्न पैँसा लिएर आउँदैमा चुनाव जितिन्छ भन्ने मानसिकता जो छ त्यो म तोड्न चाहान्छु । बिगत केही समयदेखी म धनगढीको आत्मसम्मानको लडाइमा छु, त्यसैलाई एउटा परिणममा ल्याउनका लागी यस पटक चुनावमा होमिएको छु ।
२०७४ सालमा प्रधानमन्त्री पत्नी आरजु हराउनमा भुमिका खेलेको आरोपमा तपाई काग्रेंको कार्वाहीमापनि पर्नुभो किन हराउन भुमिका खेल्नुभो ?
टिकटको निर्णय भइसकेपछि मैले एकजना मित्र मार्फत सहयोग गर्न नसक्ने खबर पठाएको थिए । त्यो मेरो आत्मसम्मनबिरुद्ध थियो त्यस कारण मैले उहाँलाई सहयोग गरेन ।
२०७० सालमा तपाइकै लागी शेर बहादूर देउवाले यो क्षेत्र छोडेर तपाई सांसदपनि बन्नुभयो अनी अर्को पटक अवशर नपाउँदैमा असहयोग किन गर्नुभाको ?
एदी शेर बहादूर देउवा यहाँ चुनाव लड्न नआएको भए म यो क्षेत्रको स्वभाविक उमेदवार हुन्थे । मलाई कसैले दया गरेर सिट दिएको होइन । हामीले निर्माण गरेको संगठन हो । प्रजातन्त्रको लागी लडेका हामी केही सिमित मान्छे थियौँ, हामीलाई त्यतिबेला अराष्टिय तत्व भन्ने गर्थे, हामीले त्यो बेला शसक्त रुपमा लडेका हौँ, त्यो बेलाका १,२ जना बाहेक सबैजना मरिसके । मलाई कसैले निर्वाचनमा टिकट दिएको हो भन्नेमा त्यो खण्डित कुरा हो । हामीले संबैधानिक पद्दती स्थापित गरेका छौँ, अनी आफ्नै क्षेत्रमा कुनै ब्यक्ती चुनाव लड्न नपाएर बाहिरको मान्छे चुनाव लड्छ भने त्यो संबैधानिक पद्दती भएन । यहाँकै मानिसले लड्नुपर्छ, यहाँ योग्य मान्छे छन्, सबै आन्दोलनमा यहाँका मानिसको ठुलो योगदान छ । कुनै पनि दृष्टीकोणले बाहिरको भन्दा यहाँनै मान्छे योग्य छन् । प्रजातन्त्रमा रैती कोहीपनि बन्दैनन् जो बाहिरका उमेदवार ल्याउने चलन छ, त्यो संबिधान बिपरित छ । त्यसैमा मेरो असहमती हो, म त्यसकै बिरुद्ध चुनावमा होमिएको छु, मेरो रहर नभएर बाध्यता हो ।
शेर बहादूर देउवाले तपाइलाई अवशर त दिएकै हो नी फेरी उहाँ बिरुद्धनै उत्रिनुभयो ?
कतिपय मानिसले पटक÷पटक अवशर पाउँछन्, मैले त्यसका लागी काम गरेको हुँला, योगदान गरेको हुँला, मलाई ब्यक्तिगत भन्दापनि यस ठाउँमाथी गरेको ब्यवहारका बिरुद्ध म हुँ, मलाई ब्यक्तीगत केही चाहेको छैन म साधारण मान्छे हुँ । यो क्षेत्रका मान्छेले मलाई सधैँ माया। स्नेह गरे । उनको आत्मसम्मानमा, अस्मितामा चोट पुगिरहेको अवस्थामा मैले लड्नै पर्छ, मैले नलडे को लड्छ ।
२०७४ सालमा त बाहिरको उमेदवार भनेर असहयोग गर्नुभयो यस पटक यतैको उमेदवारले टिकट पाउँदापनि बिरुद्धमा किन ?
म मानिसको बिरुद्ध होइन, प्रवृतीको बिरुद्ध हो । यो प्रजातान्त्रीक प्रवृती होइन, काग्रेंसमा मात्रै होइन सबै पार्टीमा यस्तै छ, कुनै एकजनाले कुनै असहमती राख्दा उसको अस्तित्वनै समाप्त गर्न खोजिन्छ, अर्को कुरा २, ४ बर्ष कुनै राजनितिक दलको प्रमुख हुँदैमा उसले त्यो पार्टीलाई आफ्नो बक्यौती सम्झिन्छन्, राजनितिक दलपनि जनताका सम्पति हुन्, कुनै ब्यक्ती र परिवारको निजि बनाउन पाइदैन । त्यसका बिरुद्ध कसैन कसैले लड्नै पर्छ, यो जुन हामीले उपलब्धी ल्याएका छौँ, कसैले लडेन भने ति उपलब्धी समाप्त भएर जान्छन् र म त्यही उपलब्धी जोगाउन लडाइमा छु । म प्रजातन्त्रका लागी योगदान गरेका ब्यक्तीहरुको आत्मसम्मानका लागीपनि लड्दै छु, त्यस कारण मेरा लागी र धनगढीबासीका लागी महत्वपुर्ण योगदान छ, त्यसैले पुरै देशको दृष्टी यहाँ छ ।
त्यत्रो बर्ष तपाइले काग्रेंसको राजनिति गर्दा स्वाभिमान कायम भएन अब स्वतन्त्रबाट चुनाव लडेर धनगढीको स्वाभिमान कायम हुन्छ त ?
धनगढीका मानिसले सबै राजनितिक दल र देशभरीका नागरिकलाई यो चुनावबाट शन्देस दिने छन् की ज्याजती नगर भनेर, एदी त्यसो गरे परिणाम महगों हुन्छ भनेर शन्देस दिन्छन् त्यो आवश्यक छ । बिगतमा काग्रें सुधार्नकै लागी गणेसमान सिहंले देशभरी पार्टी बिरुद्ध स्वतन्त्र उठाउनुभाथ्यो बल्ल पार्टी सुध्रिएको थियो । त्यस कारण यो गर्नुपर्छ कसैले गरेन भने यस्तै सिद्धिन्छ, मान्छे अन्यायमा परेका हुन्छन् । सबै राजनितिक दल परिवारवादमा मात्रै केन्द्रित हुने छन् त्यस कारण यो गर्नैपर्ने थियो ।
स्वतन्त्रको माहोल देखेर उठ्नुभाको हो की स्वतन्त्रनै ?
मलाई २०७४ मापनि स्वतन्त्र लड्ने अधिकार थियो, तर त्यो बेला म कुनै दलमा आबद्ध थिए त्यस कारण लडेन, मेरो आमा बाहेक जेल नगएको कुनै सदस्य थिएन यो पार्टी निर्माण गर्नका लागी, मलाई सहजै छोड्न मन लागेन । जब पार्टीलेनै मलाई दल बिहिन बनायो, म स्वतन्त्र भए, स्वतन्त्रबाटै देशको सेवा गर्ने सोच बनाए । धेरै मानिसहरुले मलाई चुनाव लड्न प्रेरित गराउनुभयो र मेरो आफ्नोपनि यहाँको बिकास र सेवा गर्नका लागी कसरी योगदान गर्ने सोचिरहेको थिए र मैले यो फोरम पाए । म शन्देस दिन चाहान्छु, कोही निरिह छैन, धनगढीबासीको आत्मसम्मान कसैले किनेर किनिने होइन त्यस कारण म यहाँको स्वाभिमानका लागी लडाइमा छु ।
तयारी पहिला देखीनै थियो की ?
थिएन कुरा गर्न लागेको ५,६ महिना भयो । मैले नेपाली काग्रेंसमा ४३ बर्ष राजनिति गरे । तर मलाई एउटै कारण निकाल्दा त्यो पार्टीमा म केही नरहेछु भन्ने भयोनी त, त्यस कारण खाली म त यहाँका नागरिकको मानिस रहेछु । त्यस कारण मैले यहाँका थुपै्र मानिसहरुलाई भेटे, कि चुनावको राजनितिबाट रिटायर्ड गरौँ भनेर तर धेरै मान्छेले चुनाव लड्न सुझाव पाएका कारण यो अवशरको सदुपयोग गर्नका लागी चुनावमा होमिए ।
स्वतन्त्रबाट चुनाव लड्दै हुनुहुन्छ, एजेण्डा चाहीँ के छन् ?
सामाजिक रुपमा आत्मसम्मान मेरो पहिलो मुद्धा हो । हेर्दा म एक्लै स्वतन्त्र उमेदवार देखिएपनि मतदातामा म सबैको उमेदवार देखिएको छु, यसैले त्यो प्रमुख एजेण्डा हो । म सित राजनितिक दलका जस्ता धेरै एजेण्डा छैनन, यस क्षेत्रका मानिसका जे एजेण्डा छन्, ति सबै मेरा एजेण्डा हुन् । मलाई थोरै अनुभवपनि छ, केही काम गरेर यहाँको मुहार फेर्न सकिन्छ भन्ने मेरा एजेण्डा छन् । र राजनितिक दलका मानिसहरुले जसरी दललाई प्रयोग गरिरहेका छन्, यसरी मुलुकको अस्तित्व खतरामा छ, यहाँका मानिसको स्वाधिनता खतरामा छ, त्यस कारण दल सुधार्ने मेरा एजेण्डा हुन् । सबैलाई अधिकार दिलाउन रात दिन संघर्ष गरेकाहरुलाई निस्तेज पार्नेगरी दलहरुले दमन गरेका छन् उहाँहरुको आत्मसम्मानपनि मेरो एजेण्डा हो । आत्मसम्मान, बिकास, सम्बृद्धी, राजनितिकर्मीको न्याय दिने, प्रजातन्त्रलाई संकटबाट बचाउनपनि म निर्वाचनको मैदानमा छु ।
बढीजसो मानिसहरु राजनितिक दलमा आबद्ध हुनुहुन्छ तपाई स्वतन्त्र भएर तिनकै मत तान्न सक्नुहुन्छ ?
राजनितिक दलले आफ्ना कार्यक्रतासंग गरेको ब्यवहारले आफ्नै अनुशासन उनिहरुले गुमाएका छन् । त्यसको प्रमाण हो गएको स्थानिय निर्वाचन, मतदाताको मोह भगं भइरहेको छ । कार्यक्रता र जनतासंग राजनितिक दलहरुले गरेको दुब्र्यवहारले यो ब्यवस्थामानी संकट परिरहेको छ, हाम्रो उपलब्धी खतरामा पर्छ । जनता र कार्यक्रताका स्तरमा कार्यक्रताको मोह भगं भएको छ, ति अन्यायको सिकार भएका छन्, ति सबैको मलाई सहयोग रहन्छ त्यस कारण म सबैको साझा उमेदवार हो । मैले पदमा हुँदापनि कसैमाथी काखा, पाखा गरेको थिएन, राप्रपाले मलाइनै सहयोग गर्दैछ, म सबैको छु । हामीहरुको कुनै राजनितिक कारण समर्थन भएपनि, आन्तरिक मलाई सहयाृग छ ।
एकातर्फ सत्ता गठबन्धन अर्कोतर्फ एमाले संग तपाई एक्लो स्वतन्त्र कसरी भिड्नुहुन्छ ?
प्रतिस्प्रधी सबैप्रती मेरो सम्मान छ । राना जि जित्नुमा छ मेरै सहयोग हो रे भनेर काग्रेंसले हल्ला फैलाएको थियो । उहाँहरुका प्रती दुराग्रह छैन, काग्रेंसको उमेदवारसंग त झन पारिवारिक सम्बन्ध छ । उहाँ हामीसंगै काम गरेको मान्छे हो । ब्यक्तीगत सद्भाव छ । तर यस क्षेत्रको मानिसको भावना, आवश्यक्ताको प्रतिनिधित्व गर्न चुकेको देखिन्छ । त्यस कारण बजारमा स्वतन्त्रको चर्चा छ । मतदाताको नजरमा म सर्वदलिय उमेदवार देखिएको छु । उहाँहरुले आफ्नै मतदाताको प्रतिनिधित्व नगरेको मैले पाए, म प्रती यत्रो माया देखाइराख्नुभाको छ आधारनै त्यही हो नी ।
गतिबिधि के अगाडी बढेका छन् ?
कार्यक्रम निरन्तर छन् । म स्लो मौसममा छु । स्वतन्त्र उमेदवारलाई ब्यवस्थापन गर्न गाह्रो छ तर जनमत निकै उर्लेको छ । बिस्तारै गती लिन्छ, हिजो स्वतन्त्रमा लागेकाहरुकोपनि मलाई समर्थन छ । यो अभियान सबैको अभियान हो, प्रजातन्त्र बचाउने अभियान हो, यो देशको आत्मसम्मानको रक्षा गर्ने हरुको सद्भाव म संग छ । हामी यसलाई उत्साहजनक परिणम बनाउने सोचेका छन्, स्वतन्त्रको क्याम्पियन आकर्षक हुने छ त्यो म देखाउने छु ।
दलका उमेदवार संगठन मार्फत चुनावी प्रचार गरिराख्नुभएको छ, तपाई चाहीँ कसरी ?
उहाँहरुका आफ्ना दलका छन् भने मेरा सबै दलका मानिस छन् । सबै दल र अस्ती स्वतन्त्रका मान्छे म संग छन् । म मेरा लागी चुनाव लडिरहेको छैन । यहाँका मानिसको एजेण्डा जिताउनका लागी म निर्वाचनमा छु । सबै मेरो सहयोगमा हुनुहुन्छ ।