बझाङ। बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। बझाङको खप्तडछान्ना गाउँपालिका वडा न ५ गलेकोटका अन्दाजी ५० वर्षिय कवि आग्रीको भिरबाट लडेर मृत्यु भएको हो ।आग्रिले मदिरा सेवन गरेका कारण आइतबार बिहान गाउँ नजिकैको चम्लाका जिउलाको भिरबाट लडेर गम्भिर घाइते भएका थिए।
स्थानियहरुले घाइते अवस्थामा भेटेपछि उनलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानिय काले बहादुर आग्रिले बताए। उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बझाङले जनाएको छ ।