नेपाली कांग्रेस कैलालीले आसन्न मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन परिचालन र प्रचार९प्रसार समिति गठन गरेको छ । शुक्रबार पार्टी कार्यालयमा पार्टी सभापति नारायणदत्त भट्टको अध्यक्षतामा बसेको जिल्ला कार्य सम्पादन समितिको बैठकले निर्वाचन परिचालन समिति र प्रचार(प्रसार समिति गठन गरेको हो ।
पार्टी सभापति नारायणदत्त भट्टको संयोजकत्वमा ३ हजार १ सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन गरेको छ । साथै त्यस अन्तर्गत पदाधिकारीहरुको संयोजकत्वमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरीय निर्वाचन परिचालन तथा समन्वय समिति गठन गरेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा सहसचिव कलेशुराम चौधरी, क्षेत्र नं २ मा कोषाध्यक्ष देवकी कार्की, क्षेत्र नं ३ मा उपसभापति भिम वडुवाल, क्षेत्र नं ४ मा सचिव केशवराज मिश्र र क्षेत्र नं ५ मा सचिव नृपबहादुर सुनारको संयोजकत्वमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरीय निर्वाचन परिचालन तथा समन्वय समिति गठन गरिएको छ ।
यसैगरी बैठकले उपसभापति वडुवालको संयोजकत्वमा १ हजार १ ९१००१० सदस्यीय जिल्ला निर्वाचन प्रचार–प्रसार मुल समितिको गठन गरेको छ । यस समिति अन्तर्गत रहने गरि जिल्ला सदस्यहरुको नेतृत्वमा निर्वाचन प्रचार–प्रसार उपसमिति गठन गरिएको छ ।
जसअन्तर्गत निर्वाचन सूचना संकलन तथा अनुगमन उपसमिति संयोजकमा जिल्ला सदस्य तथा प्रचार–प्रसार विभाग प्रमुख तपेन्द्रकुमार भुषाल, जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचार–प्रसार उपसमितिको संयोजनमा जिल्ला सदस्य रतन कठायत, युवा प्रचार नेटवर्क उपसमिति संयोजकमा सदस्य रोसन सिंह, खेलकुद क्षेत्र समन्वय उपसमिति संयोजकमा सदस्य सुशील शाही छन् ।
यसैगरि निर्वाचन विषयवस्तु उत्पादन समन्वय प्रचार–प्रसार उपसमिति संयोजकमा सदस्य कल्याणी हमाल, छापाखाना माध्यम समन्वय तथा प्रचार–प्रसार उपसमिति संयोजकमा सदस्य प्रकाश जोशी, सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमिति संयोजकमा जिल्ला सदस्य तथा संगठन विभाग प्रमुख देवानन्द जैशी, प्रवास समन्वय प्रचार–प्रसार उपसमिति संयोजकमा सदस्री गणेश खडका, रेडियो एफ।एम। समन्वय प्रचार–प्रसार उपसमिति संयोजकमा सदस्य सरस्वती वस्नेत, प्रवास, अनलाइन मिडिया समन्वय प्रचार–प्रसार उपसमिति संयोजकमा प्रेम भट्ट, सोसल मिडिया समन्वय प्रचार–प्रसार उपसमिति संयोजकमा सदस्य ओमजंग सिंह छन् ।