बझाङ। बझाङको तलकोट गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचारका लागि खर्चस्वरुप रु दुई लाख उपलब्ध गराउने भएको छ । मष्टा गाउँपालिका–१ तुफान डाँडामा हिजो दिउँसो जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
तलकोट गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचार खर्चका लागि गाउँपालिकाबाट रु दुई लाख उपलब्ध गराउने जानकारी दिए । सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्ग्री बजारदेखि मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको सु प प्र ०१–००१ च ११७ नम्बरको जीप मष्टा गाउँपालिकाको तुफान डाँडामा दुर्घटना भएको थियो । प्रहरीका अनुसार जीप सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो ।